Nic Ad Nic Ad
Nic Ad Nic Ad

उमेर विवादको किचलोले रोकिएका अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित 

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं– उमेर विवादको किचलोका कारण रोकिएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन फेरि स्थगित भएको छ।

सम्मेलन मंसिरको २३ र २४ गते गर्ने भनिएको थियो। तर अब पार्टीको स्थायी समितिको बैठकले मोडालिटी तयार गरेपछि मात्र सम्मेलन हुने बताइएको छ। 

माओवादी स्थायी समितिको बैठक मंसिर २७ गते बस्दैछ। अहिलेको स्थगनलाई ‘तयारी नपुगेको’ भनी चित्रण गरिएको छ। 

यसअघि असोज १० गतेदेखि कीर्तिपुरमा सम्मेलन सुरू भएको थियो। सम्मेलनमा उमेर हदको विषय उठेपछि चर्किएको विवाद टुंगो लागेको थिएन। उक्त सम्मेलनका क्रममा कुर्सी हानाहान पनि भएको थियो। 

क्रान्तिकारीको अध्यक्ष बन्न ३२, ३० र २८ वर्षमध्ये एउटा उमेर हद कायम गर्नुपर्ने माग हलमा उठेको थियो। अध्यक्षका अधिकांश आकांक्षी ३२ वर्षभन्दा माथिका भएकाले उनीहरूले स्वीकार गरेका थिएनन्।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्