रवि लामिछानेलाई हिरासतमा भेट्न पुगे पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुगेकाछन्।
शुक्रबार बिहान उनी पोखरास्थित प्रहरी कार्यालयमा पुगेका हुन्।
सहकारी रकम अपचलन मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका लामिछाने कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्।
उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो। अब पर्सा लैजान बाँकी छ।
लामिछानेलाई पछिल्लो पटक अनुसन्धानका लागि थपिएको म्याद शुक्रबार राती सकिन्छ। शनिबार विदा परेका कारण आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराई म्याद थपेर लामिछानेलाई पर्सामा पनि बयानका लागि लगिनेछ।
पर्साको सानो पाइला सहकारी रकम अपचलनमा पनि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्