भुटानी राजा जिग्मे काठमाडौं उत्रिए, स्वागत गर्न पुगिन् आरजु राणा
काठमाडौं– केही घन्टाको अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानी राजालाई स्वागत गर्न परराष्ट्रमन्त्री आरजु राणा पुगेकी छन्।
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौं उत्रिएका हुन्। उनले स्वयम्भूको दर्शन गर्नेलगायतका अनौपचारिक कार्यक्रम रहेको छ।
राजनीतिक भेटघाटका विषयमा भने केही खुलाइएको छैन। नाम्ग्याल भारतको औपचारिक भ्रमण सकी ‘ट्रान्जिट भिजिट’का रुपमा काठमाडौं उत्रिएका हुन्। उनी आजै थिम्पु जानेछन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्