स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
काठमाडौं- अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।
उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी छन् ।
शुक्रबार बिहान भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका छन् ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंलाई ट्रान्जिट बनाएर यहाँ ५ घण्टा बसेपछि फिर्ता भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १५:५३
प्रतिक्रिया दिनुहोस्