एनपीएलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सको खेलमा बनेका किर्तिमानहरू के–के हुन्?
काठमाडौं– त्रिवि मैदान किर्तिपुरमा शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल)मा विभिन्न किर्तिमान बनेका छन्।
घरेलु लिगमा यस्ता किर्तिमान एकै खेलमा बन्नुलाई अचम्म मानिएको पनि छ।
एनपीएलको अहिलेसम्मको खेलमा नै १० विकेटले पोखराबाट लुम्बिनी पराजित हुनु पहिलो घटना हो।
टी–२० लिगमा एनपीएलमा एकै खेलाडीले पहिलो शतक प्रहार गरेका छन्। पोखरा एभेन्जर्सका लागि आन्द्रेस गौसले १०४ रन बनाएका थिए। यो, अर्को रेकर्ड हो।
१७१ जस्तो ठूलो टार्गेट १७ ओभर पनि नपुगी भेट्टाउन सक्नु पनि एनपीएलको एउटा नयाँ रेकर्ड हो। अहिलेसम्म यति ठूलो १७१ को लक्ष्य कम बलमा नै पूरा भएको हो।
उनले ५५ बलमा नै अविजित १०४ रन बन्नु पनि एउटा रेकर्ड हो।
पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीमा पनि आफ्नो नाम दर्ज गरे।
उनले २० बलमै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्। यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए।
यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो।
यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन कुनै पनि नेपाली खेलाडीले बनाएको नयाँ रेकर्ड हो।