Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले बोलायो सचिवालय बैठक

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौ - नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्