Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन/कात्तिक) अवधिमा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार कात्तिकसम्म गैर नेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो । कात्तिक २०८१ मा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन् ।

यस अवधिमा ३ सय ३० विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको समेत विभागले जनाएको छ । त्यस्तै प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएको सम्बन्धमा १३ वटा अनुगमन गरिएको थियो । यसै अवधिमा विभागले विदेश जाने नेपालीमध्ये ६६ हजार ६५ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

विभागले अघिल्लो आव २०८०/८१ मा १ हजार २० गैर नेपालीलाई श्रम स्वीकृति दिएको थियो । एक वर्षमा १ हजार ६ सय ६५ गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांकमा छ ।

उक्त वर्ष विभागले विभिन्न ४४ प्रतिष्ठान पुगेर विदेशी नागरिकको श्रम स्वीकृति भए/नभएको अनुगमन गरेको थियो । नेपालमा होटेल, व्यापारिक प्रतिष्ठान र निर्माण क्षेत्रमा बढी विदेशी नागरिकले काम गर्ने गर्छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार