नेभिगेशन
राजनीति

कांग्रेस कोशी सम्मेलनमा सभापति देउवासहितका नेता बिराटनगर पुग्दा, शेखर कोइराला कहाँ छन्?

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्न लागेको कोशी सम्मेलनको कार्यक्रममा शनिबार सहभागी हुन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिराटनगर पुगेका छन्। 

तर आफ्नै प्रदेशको सम्मेलनमा सहभागी नभई नेता शेखर कोइराला भने चितवनतिर लाग्ने बताइएको छ। कांग्रेसका यत्रा नेता बिराटनगरमा रहँदा कोइराला किन सहभागी भइरहेका छैनन्? 

सार्वजनिक कार्यक्रम रहेको र बरियताको विवाद रहेका कारण कोइराला सहभागी हुन इच्छुक भएनन्। सामान्यतया कांग्रेसमा सभापतिका प्रतिस्पर्धी पराजित भए पछि बरिष्ठ नेताको बरियतामा रहने गर्छन्। तर, सभापति देउवाले कोइरालालाई उक्त जिम्मेवारी दिएका छैनन्। 

कोइराला बरियतामा २१ औं नम्बरमा राखिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति