Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुकुमै कोटः रिलिज भएको १०३ दिनमै ७ करोडभन्दा धेरै पटक हेरियो

शनिबार, मंसिर २२, २०८१

काठमाडौं– नेपाली फिल्म ‘खुश्मा’को गीत रुकुमै कोट युट्युवमा रिलिज भएको एक सय ३ दिनमै ७ करोडभन्दा धेरै पटक हेरिएको छ।

लगातार ट्रेन्डिङमा बसेको उक्त फिल्म लामो समयसम्म हलमा नचले पनि गीतलेचाहिँ युट्युवमा इतिहास रचेको हो।

धिरज मगर र उपनासिंह ठकुरीको अभिनय रहेको गीतका गायक तथा संगीतकार एसडी योगी र शान्त्री श्री परियार हुन्। सुरेन्द्र रानाको शव्द रहेको

गीतको संगीत निर्माण रिकेश गुरुङले गरेका हुन् भने मुरलीमा रत्न बिकको योगदान रहेको थियो।

गीतका नृत्य निर्देशक सुरेन्द्र राई, सुशन तामाङ र शेखर घर्तीमगरले गरेका हुन्। 


 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्