मेयर हर्क साम्पाङ कता जान्छन् उपमेयर बेघालाई थाहा हुन्न, सम्बन्धमा कसरी भयो चिसोपन?
इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले उपमेयर अइन्द्र बेघासँग आक्रामक देखिन्छन्, सार्वजनिक मिडियामा।
यहाँसम्मकी बेलायत भ्रमणका क्रममा ‘शुभयात्रा’ समेत नभन्ने उपमेयरलाई कार्यबाहक किन दिने? भन्ने साम्पाङको एउटा भिडिओ अहिले ट्रेन्डिङमा छ।
तर उपमेयर बेघा भने आफूलाई भ्रमणबारे जानकारी नभएको बताइरहेका विवरण उल्लेख छन्।
बेघा मेयर साम्पाङको मुल्याङ्न गर्न रुचाउँदैनन्। उनी भन्छन्,‘त्यसको मूल्यांकन पनि मैले गर्ने होइन। त्यसको मूल्यांकन जनताले, नगरवासीले गर्ने हो। म यत्ति भन्छु, उहाँले सबै तह र तप्कालाई मिलाएर लैजानुपर्छ, लैजानुपर्थ्यो।’
मेयरले पदीय मर्यादालाई ख्याल नगरेकोमा बेघा सहमत छन्। ‘सामाजिक व्यवहार, सार्वजनिक व्यवहार गर्नुपर्थ्यो, गर्नुपर्छ। हिजोअस्ति पत्रकार साथीहरूलाई पनि फेसबुकबाटै लेख्नुभएछ’ पत्रकार गोपाल दाहाल र जनकऋषि राईप्रति साम्पाङको कटाक्षलाई संकेत गर्दै बेघाले भनेका छन्,‘यस्ता कुरा चाहिँ पदीय मर्यादाभित्र गरिदिए, जिम्मेवारीबोध गरेर पूरा गरिदिए हुन्थ्यो भन्ने लाग्छ। लाग्ने कुरा न हो मलाई। मलाई चाहिँ त्यस्तो लाग्छ। बाँकी कुरा त मेयरसाबले भन्नुहोला।’
उपमेयरसँगको विवादको चरण पनि फेसबुकमा शेयर गरेको स्ट्याटसकै कारण हो।
पछिल्लो पटक धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बेलायत उड्नुअघि वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी तोकेपछि सम्बन्धमा झनै चिसो आएको थियो।
बेघा हुँदाहुँदै हर्कले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। मेयर साम्पाङ गत असोज २८ गते धरान छाडेर बेलायत गएका थिए।
कानूनतः नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ।
मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
हर्कको उपप्रमुखसँग यसअघि विवाद परेको थियो। कार्यपालिका बैठकमा नै हर्कसँग बेघाको चर्काचर्की परेको थियो।
श्रमदानमा माओवादी अध्यक्ष बाहलवाला प्रधानमन्त्री रहँदा धरानसम्म लग्ने, धरानका निम्ति बजेट बढाउन जनार्दन शर्मा अर्थमन्त्री रहँदा योगदान गरेका उपमेयर बेघालाई मेयर साम्पाङले निरन्तर प्रहार गरिरहेका छन्।