नेभिगेशन
राजनीति

शशांकलाई लिएर बिराटनगरस्थित शेखर कोइरालाको निवासमा किन पुगे कांग्रेस सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिराटनगरस्थित कोइराला निवास पुगेका छन्। 

गिरीजाप्रसाद कोइरालाले जहिले पनि देशका खास सूचना सार्वजनिक गर्ने उक्त निवास अहिले संस्थापनइतर नेता शेखर कोइरालाको स्वामित्वमा छ। 

वीपीपुत्र शशांक कोइरालासँगै देउवा कोइराला निवास पुगेर बरन्डामा चिय पिएर फर्किएका थिए। 

यो घर पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको हो। नेपाली कांग्रेस कोशी  प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर आएका देउवा शनिबार बिहान कोइराला निवास पुगेका थिए। 

देउवा पुग्दा  डा. शेखर कोइराला भने घरमा थिएनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति