नेभिगेशन
समाज विविध

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए ।

उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध