धनगढीका मेयर हमाललाई मस्तिष्कघात देखिएपछि दिल्ली लगियो
धनगढी-धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ ।
मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताए ।
उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्