भूमिहीनलाई जग्गाको पहिचान पत्र वितरण
चितवन - राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचान पत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचान पत्र वितरण गरेको हो ।
तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचान पत्र राप्ती नगरपालिका-७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचान पत्र बनेको छ ।
यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचान पत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ ०८:५०
प्रतिक्रिया दिनुहोस्