Nic Ad Nic Ad
Nic Ad Nic Ad

गलकोटका दुई सडक स्तरोन्नति गरिँदै

आइतबार, मंसिर २३, २०८१

बागलुङ - संघीय सरकारको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका-२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो ।

सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट-२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ ।

आयोजनाको सबै काम रु. सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शंकर पोखरेलले बताए । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्