Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

आइतबार, मंसिर २३, २०८१

काठमाडौँ - कैलालीको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट रु. एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । 

भारतबाट आएका उनीहरूबाट रु. ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन, रु. १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी,  विभिन्न दरका रु. छ लाख ११ हजार छ सय २५  भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्