Nic Ad Nic Ad
Nic Ad Nic Ad

रिसोर्ट, रेष्टुरेन्ट या सडक होस्, काठमाडौंका रुखमा झिलिमिलि बत्ती राख्न नपाइने

आइतबार, मंसिर २३, २०८१

काठमाडौं– रिसोर्ट, रेस्टुरेन्ट या सडक जहाँ भए पनि काठमाडौं महानगरपालिकाभित्रका रुपमा अब झिलिमिलि बत्ती राख्न नपाउनेगरी कार्यपालिका बैठकले मापदण्ड तय गरेको छ। 

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेसँगै अब कार्यान्वयनमा जानेछ।  

आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएसँगै अब महानगरभित्रका रूखमा बत्ति राख्न पाइने छैन।

मापदण्डको दफा २ मा महानगरभित्रको सार्वजनिक स्थल तथा निजी स्वामित्वमा रहेका रूख विरूवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न पाइँदैन भन्ने उल्लेख छ। 

सहरी सौन्दर्यका लागि ‘रोप स्ट्रिट लाइट’ र ‘स्ट्रिट लाइट’हरू राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी राख्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। 

बत्ती राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ। यी बाहेक अन्य ठाउँमा राख्नुपरे वातावरण विभागबाट स्वीकृति लिनुपर्ने र स्वीकृति दिँदा प्राविधिक पक्ष हेरिने छ। अनुमति बढीमा सात दिनसम्मका लागि दिइने छ। अनुमति नलिएको खण्डमा महानगरले त्यहाँ हस्तक्षेप गर्नेछ।

जात्रा पर्वमा यस्ता बत्ती राख्न केही समयका लागि छुट दिइने छ भने अनुमति पनि लिनु नपर्ने महानगरले जनाएको छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्