Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृष्णभीरमा आइतबार खसेको ग्यास बुलेटका चालक र सहचालक बेपत्ता, स्थानीयलाई सतर्कता अपनाउन आग्रह

आइतबार, मंसिर २३, २०८१

काठमाडौं– भारतबाट आएको ग्यास बुलेट धादिङको कृष्णभीरमा खस्दा त्यसका चालक र सहचालक बेपत्ता भएका छन्। 

आइतबार बिहानी उक्त ग्यास बुलेट चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा खसेको थियो।

ग्यास बुलेटको आधा भाग भीरमा अड्किएको छ भने आधा त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। ग्यास बुलेट खसेका कारण कुनै दुर्घटना नहोस् भनी स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।  

अज्ञात अवस्थामा रहेका चालक र सहचालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्