Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरानका मेयर साम्पाङद्वारा उपमहानगरको लेटरहेड दुरुपयोग, काउन्सिललाई लेख्ने पत्र गृह मन्त्रालय पठाए

आइतबार, मंसिर २३, २०८१

काठमाडौं– ‘टाउकोको दबाई नाइटो’मा भन्ने नेपाली खिसीट्युरीको शैलीमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक पछि अर्को गल्ती गर्ने क्रम जारी राखेका छन्। 

केही समयअघि सामाजिक सञ्जालमा समाचार लेखेकै आधारमा धरानका दुई पत्रकार गोपाल दाहाल र पत्रकार महासंघ सुनसरी सभापति जनकऋषि राईको अपमान गरी धम्की दिएका थिए। 

दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा खोज पत्रकारिता केन्द्रमा प्रमाणका थुप्रोसहित रिपोर्ट प्रकाशन गरेको र राईले त्यसलाई सामाजिक सञ्जालमा शेयर गरेको भनी उनीहरुविरुद्ध कारबाहीको माग गर्दै उपमहानगरपालिकाको लेटरहेडको प्रयोग गरी गृह मन्त्रालयलाई ‘ध्यानाकर्षण’ पत्र लेखेका छन्। 

उक्त पत्र बोधार्थ भनी प्रदेश प्रहरी कार्यालय कोशी बिराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रशासन कार्यालय धरानलाई उल्लेख गरेका छन्।

उनले लेखेको पत्रमा भनिएको छ,‘लोकतन्त्रमा जनमत र जननिर्वाचित प्रतिनिधिको अपमान गरेका कारण कारबाहीको माग गर्दछु।’

हेर्नुहोस् साम्पाङले लेखेको पत्र

469506942_1117495703505492_7021092060355410828_n-1733650553.jpg
 

उक्त खोजी समाचारमा धरान उपमहानगरपालिकामा निर्वाचित भएका हर्क साम्पाङ नक्कली माओवादी हुँदाका बेला गरेको चन्दा असुलीको विषयलाई पनि उल्लेख गरिएको छ। 

साम्पाङलाई समाचारमा आपत्ति भए उक्त पत्र गृह मन्त्रालयमा नभई प्रेस काउन्सिल नेपालमा पठाउनुपर्ने थियो।

काउन्सिलले समाचारको विषयबस्तुको गाम्भिर्यताका आधारमा नेपाल प्रहरी साइबर ब्युरोलाई पत्र लेख्ने प्रचलन छ। र, त्यस्तो उजुरीका निम्ति स्थानीय सरकार रहेको उपमहानगरको लेटरहेडको नभई उनको सचिवालयको लेटरहेड अथवा व्यक्तिगत पत्रको प्रयोग गर्नुपर्ने हुन्थ्यो। 

तर साम्पाङले सिधै गृह मन्त्रालयलाई पत्र लेखेका छन्। जुन कुनै हिसाबले पनि मिल्दो छैन। प्रेस काउन्सिल नेपालका एक जना अधिकारी भन्छन्,,‘समाचारले हानि गरेको या त्यस्तो केही भएको भए त्यसको उजुरी लिने मुख्य र अर्धन्यायीक निकाय प्रेस काउन्सिल हो, अन्यत्र पत्राचार गर्नुको अर्थ हुँदैन।’

यो पनि पढ्नुहोस् 

नक्कली माओवादी बनेर चन्दा असुल्ने हर्क साम्पाङ कसरी धरान उपमहानगरको मेयर बने?

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्