हुन्डाईको स्यान्टा एफई ‘कार अफ द इयर’ घोषित
काठमाडौ - मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन् २०२५ का लागि ‘वर्ष कार’ (कार अफ द इयर) घोषित भएको छ । यो कारले कारओँ अवार्डमा प्रभुत्व नै जमाएको हो ।
यो कारले यसअघि नै बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । सोही क्रममा यो मोडलको कारले कारओँ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।
कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ। हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।
कारओँ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।
सो अवार्डका लागि टोलीले वार्षिक रूपमा समीक्षा गरिएका सयौँ कारहरूबाट शीर्ष कार छान्ने गर्छ ।