Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफन्तलाई भेटेर नै कास्की लगिएको थियो रास्वपा सभापति लामिछाने, यस्तो छ चितवन प्रहरीको आधिकारिक जानकारी

आइतबार, मंसिर २३, २०८१

काठमाडौ - जिल्ला  प्रहरी कार्यालय चितवनले सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको हिरासतमा दुव्र्यवहार गरिएको भनेर भ्रम फैलाईएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृतको प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको भन्दै भ्रममो पछि नलाग्न आग्रह गरेको छ ।

प्रहरी नायव उपरीक्षक भेषराज रिजाल हस्ताक्षरित विज्ञप्तीमा सभापति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा मंसिर १९ गते राति ९ः३० बजेको समयमा बयान सकिए पश्चात प्रहरीको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा आफन्तसंगको भेटघाट पश्चात भेटघाट कक्षबाटै राति १२ः०५ बजे कास्की लगिएको स्पष्ट पारेको छ ।

रास्वपाले सुतिरहेका लामिछानेलाई प्रहरीले दुव्र्यवहार गरेर राति उठाएर कास्की लगिएको भन्दै अनुसन्धानको माग गर्दै राष्ट्रिय मावन अधिकार आयोग गुहारेको थियो ।

यस्तै चितवन प्रहरीले लामिछानेलाई कास्की लैजाने कुनै पनि प्रहरीले मादक पदार्थ सेवन नगरेको समेत स्पष्ट पारेको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंसिर १८ गते विहान जहाज मार्फत चितवन ल्याईएको थियो । दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिईएको थियो ।

चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई समेत बयान लिईएको थियो ।

received_9072045696193798-1733665958.jpeg
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्