काँग्रेसको एक विभागमा दश सदस्य मनोनयन
काठमाडौँ - नेपाली काँग्रेसले बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।
काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेका हुन् ।
सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागीरथी विष्ट (कञ्चनपुर)लाई मनोनयन गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ २२:१२
प्रतिक्रिया दिनुहोस्