रविको बचाऊमा प्रचण्डको स्ट्याटस, सरकारको निन्दा
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेको बचाऊमा अभिव्यक्ति दिएका छन्।
चितवनबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा रातारात लगेको विषयलाई कोट्याउँदै उनले सरकारको निन्दा गरेका हुन्। जनताबाट निर्वाचित रास्वपा सभापति लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण, अमानवीय, अलोकतान्त्रिक र निरङ्कुश व्यवाहार देखाएको प्रचण्डको भनाई छ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्