१२ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?
काठमाडौं-आइतबार ४६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १२.८४ अंकले घटेको छ ।
नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ । ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५८ पटक शेयर किनबेच भएको छ ।
आज १३ समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशतले बढेर ६ हजार ७७४.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, फाइनान्स समूह ०.१५ प्रतिशतले, लगानी समूह लगानी समूह ०.७६ प्रतिशतले, म्युचुअल फण्ड ०.१४ प्रतिशतले र अन्य समूह ०.११ प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह १.६७ प्रतिशतले घटेर १३ हजार १०९.५२ विन्दुमा पुगेको छ ।
साथै, वाणिज्य बैंक समूह ०.४६ प्रतिशतले, विकास बैंक ०.६८ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर ०।५४ प्रतिशतले, लघुवित्त ०.६१ प्रतिशतले, निर्जीवन बिमा १.१६ प्रतिशतले र ट्रेडिङ समूह १.३० प्रतिशतले घटेको छ ।