Nic Ad Nic Ad
Nic Ad Nic Ad

ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

सोमबार, मंसिर २४, २०८१

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने खालका मोटरसाइकलहरूलाई आज नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो । ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन् । 

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सरबाट आगोको झिल्का निकाल्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकलधनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्