सिरियाको केन्द्रीय बैंकले भन्यो : जनताका पैसा सुरक्षित छ
दमास्कस - सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । ‘बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।
सिरियाको केन्द्रीय बैंकले आफ्नो काम जारी राख्छ, र यसले बैंकिङ र गैर बैंकिङ वित्तीय संस्थाहरूको कामको निगरानी र सुपरिवेक्षण जारी राख्नेछ,’ उसले भन्यो ।बैंकले सर्कुलेशनबाट कुनै पनि सिरियाली पाउन्ड नहराएको जनाएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ २०:५५
प्रतिक्रिया दिनुहोस्