Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्सामा रवि लामिछानेको बयान सुरु, आजै सक्ने तयारी 

मंगलबार, मंसिर २५, २०८१

काठमाडौं– सानो पाइला सहकारीको रकम गोरखा मिडिया प्रालिमा लगी अपचलन गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ। 

सोमबार दिउँसो पोखराबाट वीरगञ्ज लगिएका उनको बयान मंगलबारै सक्ने तयारी गरिएको छ। जिल्ला अदालत कास्कीले ४ दिनका लागि म्याद थपेको भोलीपल्ट वीरगञ्ज लगिएको हो। 

लामिछानेमाथि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको पनि मुद्दा छ। उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि पर्सा लगिएको थियो। उनको बयान सोमबार सकिएको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्