एनपीएलः बसिस्ठाको आक्रामक बलिङले पोखरा एभेन्जर्सलाई संकट, कर्णालीका लागि १०४ रनको लक्ष्य
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज किर्तिपुरमा भएको १७औँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध खराब ब्याटिङ प्रदर्शन गर्दै मात्र १०३ रनको स्कोर खडा गरेको छ।
पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर यो निर्णय टोलीको लागि खराब सावित भयो। टोलीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो।
टिमका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न नसक्दा, बिपिन खत्रीले १० बलमा १० रन बनाएर अन्त्यतिर थोरै योगदान गरे।
लगातार विकेट गुमाउँदै, ब्याटिङ लाइनअप कर्णालीका बलरहरूसँग प्रभावहीन देखियो।
कर्णाली याक्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई सस्तोमा समेट्न सफल भए।
विलियम बोसिस्ठाले ४ ओभरमा मात्र २८ रन खर्चेर ६ विकेट लिए, जुन यो खेलको मुख्य आकर्षण रह्यो।
कप्तान सोमपाल कामीले २.३ ओभर बलिङ गर्दै २६ रन दिएर १ विकेट लिए।
बलरहरूले निरन्तर आक्रमक बलिङ गर्दै पोखराको शीर्ष र मध्यक्रमलाई दबाबमा राखे।
कर्णाली याक्सलाई अब यो खेल जित्न १०४ रनको लक्ष्य रहेको छ। यदि कर्णालीको ब्याटिङले स्थिरता कायम गर्न सकेमा, यो लक्ष्य सहज रूपमा पूरा गर्न सक्छ।