मानव बेचबिखनका फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी काठमाडौं ल्याइयो
काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार प्रकरणका अभियुक्त पूर्वी रुकुमका निराजन नेपालीलाई प्रहरीले युएईबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।
उनलाई नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० बाट त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार राहदानी नम्बर पिए१५३३५४२ बाहक ४५ बर्षिय नेपालीलाई पक्राउका लागि रेड नोटिस जारी गरिएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाबाट रेड नोटिस जारी भएको थियो। नेपालीलाई इन्टरपोल शाखाका प्रहरी अधिकारीले विमानस्थलबाट बुझेर मानव बेचबिखन व्युरोमा पठाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ १५:०४
प्रतिक्रिया दिनुहोस्