Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारका गलत गतिविधिको सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड

मंगलबार, मंसिर २५, २०८१

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए ।

राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।

आफूले प्रधानमन्त्री हुँदा रुग्ण उद्योगहरू सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए।

अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्