Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सञ्जालमार्फत दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ- सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-५ गुर्जु धार बस्ने ३१ वर्ष रोशन भण्डारी रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी हुने क्रममा आदान प्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले रेकर्ड गरी राखेर पीडितमा आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको घटनामा पीडितले साइबर ब्यूरोमा दिएको पत्र अनुसार नेपाल प्रहरी साइबर ब्युरोबाट खटिएका प्रहरी टोलीले काठमाडौँबाट भण्डारीलाई आज पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अदालतको आदेशले ५ दिनको थप म्याद भइ अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्