बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल
काठमाडौँ- बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् ।
मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका-७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनीत गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ २१:१९
प्रतिक्रिया दिनुहोस्