रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
काठमाडौं - सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पु¥याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो ।
लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो। सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि स्थलमार्गबाटै पर्सा पु¥याइएर प्रहरीले पुनः पोखरा पुर्याएको छ। पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो।