लाइन र लेंथको राम्रो उपयोग गर्ने बलर रिजन ढकाल, एनपीएलको शीर्षमा पुग्ने यस्तो छ रेकर्ड
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा रिजन ढकालले आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनमार्फत चितवन राइनोजलाई महत्वपूर्ण सफलता दिलाएका छन्।
चितवन राइनोजका लागि उनको बलिङ निक्कै कुशल रहेको छ। उनी हालसम्म एनपीएलको उत्कृष्ट बलरका रुपमा समग्र खेलाडीहरुमा उच्च स्थानमा रहेका छन्।
चितवन राइनोजका लागि ५ खेल खेलिसकेका उनले ९ विकेट लिइसकेका छन्।
जारी एनपीएलमा उनी पाकिस्तानी तिव्र गतिका बलर सोहिल तनवीरसँगै समान ९ विकेट लिने खेलाडीका रुपमा शीर्षमा छन्।
काठमान्डु गुर्खाजसँग खेलेको पहिलो खेलमा २२ रन दिएर १ विकेट लिएका ढकालले दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध भयानक बलिङ कौशलता देखाए। उक्त खेलमा १० रन दिएर तीन विकेट लिएका थिए।
कर्णाली याक्सविरुद्धको तेस्रो खेलमा निराश बन्नु परे पनि सुदूरपश्चिम रोयल्ससँगको चौथो खेलको जित निकाल्न ढकालको भूमिका प्रभावी बन्यो।
उनले उक्त खेलमा ३३ रन दिएर २ विकेट लिएका थिए।
मंगलबार पनि उनको प्रदर्शन बलियो रहेको थियो। चितवनले लुम्बिनी लायन्ससँग पराजय भोगे पनि रिजनले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेका थिए।
उनले २९ रन खर्च गर्दा लुम्बिनीका तीन विकेट लिन सफल भएका थिए।
युवा प्रतिभा रिजनले प्रतियोगितामा आफ्नो टीमका लागि बलिङ विभागमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
रिजनलाई चितवन राइनोजले एनपीएल अक्सनमा १० लाख रुपैयाँमा भित्राएको थियो।
उनले आफ्नो प्रदर्शनले यो मूल्यलाई पूर्ण रूपमा न्याय दिएका छन्।
रिजनले २० ओभरको प्रारूपमा आफ्नो अनुभव र तीव्र बलिङ कौशल प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राख्ने गरेका छन्।
उनले विशेष गरी महत्वपूर्ण क्षणहरूमा विकेट लिन सफल भएका छन्, जसले खेलको गति चितवनको पक्षमा बदल्ने काम गरेको छ।
रिजनका मुख्य विशेषता उनीले लाइन र लेंथको राम्रो उपयोग गर्नु, विविधतायुक्त बल फ्याँक्न सक्ने क्षमता र दबाबपूर्ण अवस्थामा संयमित रहन सक्नु हो।
चितवन राइनोजले हालसम्म प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ, जसमा रिजनको भूमिका महत्त्वपूर्ण देखिन्छ।
यस प्रदर्शनले रिजन ढकाललाई राष्ट्रिय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि ध्यानाकर्षण गराउन मद्दत पु¥याएको छ। एनपीएलजस्ता प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता देखाउन र ठूलो अवसर प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।