Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेसबुक ग्रुप ‘एमआरआर’ १४ औं वर्षमा

बुधबार, मंसिर २६, २०८१

काठमाडौं- नेपाली युवाहरूबीच लोकप्रिय फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड (एमआरआर)’ १४ औं वर्षमा प्रवेश गरेको छ ।

११ डिसेम्बर २०११ मा स्थापना भएको यो ग्रुपले सामाजिक सञ्जालमा १३ वर्षको यात्रा पूरा गरेको हो ।

केही युवाको पहलमा सुरु भएको यो एमआरआर नेपालकै चर्चित फेसबुक ग्रुपमध्ये एक बनेको छ । खासगरी रमाइला र मनोरञ्जनात्मक सूचनाहरू आदानप्रदान गर्ने उद्देश्यका साथ यो ग्रुप खोलिएको थियो । सदस्यहरूको दायरा बढ्दै गएपछि यो ग्रुप सचेतना तथा विभिन्न सामाजिक कार्यमा सक्रिय हुन थाल्यो ।

यो प्राइभेट ग्रुप भएकाले यसमा नजोडिएका फेसबुक प्रयोगकर्ताले सर्च गर्दा पनि भेट्दैनन् । तर, सामाजिक मुद्दाहरू उठाउन यो ग्रुप अगाडि रहने गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले चर्को चर्चा पाएको समयमा ‘सरकर भेटियो तर न्याय भेटिएन’ पोस्टर अभियान यही ग्रुपले एक रातमै देशव्यापी रूपमा सञ्चालन गरी ठूलो तरङ्ग ल्याएको थियो । यसबाहेक उखु किसानको आन्दोलन र अन्य समसामयिक सामाजिक मुद्दाहरूमा पनि एमआरआरले आफ्नो उपस्थिति र समर्थन देखाउने गरेको छ ।

यस ग्रुपले निर्वाचनमा समेत विशेष प्रभाव पार्ने गरेको विश्लेषण गरिन्छ । २०७९ सालको आमनिर्वाचनताको समयमा फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै यो ग्रुप हटाइदिएको थियो । तर, नयाँ ग्रुप खोली यसलाई पुनः सक्रिय बनाइएको थियो । त्यसअघि २०७७ मा पनि फेसबुकले यस ग्रुपलाई कारबाही गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्