Nic Ad Nic Ad
Nic Ad Nic Ad

७० कटे प्रचण्ड, सेकेन्ड डिभिजनमा एसएलसी पास गरेका प्रतिपक्षी नेता कसरी क्रान्तिकारी भए?

बुधबार, मंसिर २६, २०८१

काठमाडौं– पुष्पकमल दाहाल ’प्रचण्ड’ नेपालको समकालीन राजनीति र इतिहासको एउटा प्रमुख मध्यको नाम हो। उनी बुधबारदेखि ७० बर्ष कटेका छन्।

उनको जीवनशैली, राजनीतिक यात्रा, र प्रभावले नेपाली राजनीति मात्र होइन, समग्र समाजलाई नै गहिरो प्रभाव पारेको थियो। पूर्व माओवादी लडाकुका रूपमा सुरु भएको उनको राजनीतिक यात्रा आजसम्म नेपालको तीन पटकको प्रधानमन्त्री र हाल प्रतिपक्षी दलको नेताका रुपमा स्थापित छ। 

पुष्पकमल दाहालको जन्म सन् १९५४ मा चितवन जिल्लाको एक मध्यमवर्गीय परिवारमा भएको थियो। कृषि पृष्ठभूमिका परिवारबाट आएका प्रचण्डले शिक्षाको प्रारम्भिक चरणमा नै राजनीतिमा रुचि देखाएका थिए। 

उनले कृषि विज्ञानमा स्नातक गरेपछि शिक्षण पेशा अंगालेका थिए। तर, उनी राजनीतिक दर्शन र परिवर्तनको चाहनाले प्रेरित भई कम्युनिस्ट विचारधारामा आकर्षित भए।

१९८० को दशकमा उनी कम्युनिस्ट आन्दोलनमा सक्रिय सहभागी बने। उनले नेपाल कम्युनिस्ट पार्टी (मशाल) हुँदै माओवादी पार्टीको नेतृत्व गरे।

सन् १९९६ मा प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा (माओवादी) ले नेपालमा सशस्त्र जनयुद्ध सुरु गरेको थियो। यो युद्ध १० वर्षसम्म चल्यो र यसले नेपाली समाज र राजनीतिमा गहिरो परिवर्तन ल्यायो। माओवादी पार्टीले सामन्तवाद, राजतन्त्र, र अन्यायपूर्ण संरचनाविरुद्ध आवाज उठाउँदै जनताको ध्यान खिचेको दाबी गर्दै आएको छ, जसको नेतृत्वको प्रचण्डले गरेका थिए।

१० वर्षे सशस्त्र संघर्षमा यस अवधिमा १७ हजारले ज्यान गुमाए। 

उनले सैन्य रणनीति र राजनीतिक वार्ताका माध्यमबाट माओवादी आन्दोलनलाई शिखरमा पुराएका थिए। 

२००६ मा नेपालमा दोस्रो जनआन्दोलनपछि प्रचण्डले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याए।

नेपाली कांग्रेस, एमाले, र माओवादीबीच भएको १२ बुँदे समझदारी समझदारीले नेपालमा गणतन्त्र स्थापना गर्ने मार्ग प्रशस्त गरेको थियो। 
प्रचण्डको नेतृत्वले २४० वर्ष पुरानो राजतन्त्र समाप्त गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनायो।

प्रचण्ड पहिलो पटक २००८ मा नेपालका प्रधानमन्त्री बने। त्यसबेला उनले संविधान निर्माण, संघीयता, र शान्ति प्रक्रियामा विशेष भूमिका खेले। तर तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने खेलले उनको सत्ता नौ महिनामा नै अपदस्त बन्यो।

पहिलो कार्यकाल सेना समायोजन र राजनीतिक ध्रुवीकरणका कारण विवादास्पद रह्यो।

दोस्रो कार्यकाल (२०१६–२०१७) सम्म प्रचण्डले विकासका कार्यक्रम र संविधान कार्यान्वयनमा ध्यान केन्द्रित गरेको दाबी गरेका छन्। 

तेस्रो कार्यकाल (२०२२) उनी फेरि प्रधानमन्त्री बने, जहाँ राष्ट्रिय सहमति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सक्रिय रहेको दाबी हालैका बयानहरुमा पनि उनले गर्दै आएका छन्। 

प्रचण्डको राजनीतिक यात्रामा धेरै उतारचढाव आए। जनताको अपेक्षा पुरा गर्न नसकेको आरोप उनलाई लाग्ने गरेको छ। विभिन्न गठबन्धनमा निर्भरता र बदलिँदो राजनीतिक सम्बन्धका कारण आलोचित बनेका प्रचण्डबारे उनका सहकर्मी पूर्वप्रधानमन्त्री तथा तत्कालिन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन्,‘साह्रै अवसरवादी र आत्मकेन्द्रित मानसिकता पनि छ। उहाँ सेकेन्ड डिभिजनमा एसएलसी पास हुनुहुँदो रहेछ, म सोही सालको बोर्ड फस्ट भएको इख पनि रहेछ।’

माओवादी आन्दोलनको विरासतमा युद्धको समयमा भएका मानव अधिकार उल्लङ्घन र यसको प्रभाव आज पनि विवादास्पद छ। प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न प्रयास गरेको दाबी गर्छन्।

राजनीतिमा पुस्तान्तरणको विषयलाई पटक्कै सुन्न नसक्ने उनी ३५ बर्षभन्दा बढीदेखि निरन्तर माओवादीको अध्यक्ष पदमा हावी छन्। यसैकारण उनको पार्टी विभिन्न चरणमा विभाजन हुने उपक्रम रोकिएको थिएन।

हालसालै मात्र पनि प्रचण्डलाई पार्टीमा परिवारवाद हावी गराएको आरोप केन्द्रीय समितिमा लागेको थियो। उनी यस आरोपबाट मुक्त हुन नसक्नुको कारण परिवारका सबै सदस्यलाई पार्टीको खास जिम्मेवारी र सत्तामा रहँदा वरिपरि राख्नु पनि हो।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्