कमजोर लक्ष्य पछ्याउन नसक्दा लुम्बिनी लायन्स प्लेअफ पुग्नबाट बाहिरियो, काठमान्डु १८ रनले बिजयी
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा सम्पन्न ९औं खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले हराउँदै महत्त्वपूर्ण जित दर्ता गरेको छ।
काठमाडौंले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको ब्याटिङ क्रम ८५ रनमै धराशयी भएको हो।
योसँगै एनपीएलमा प्लेअफ पुग्नबाट बाहिरिने लुम्बिनी लायन्स पहिलो फ्रेन्चाइज बनेको छ।
गुर्खाजका बलरहरूले सानदार प्रदर्शन गर्दै लुम्बिनीलाई जितको नजिक जान दिएनन्।
करण केसीको उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए। उनका घातक बलिङले लुम्बिनीको मध्यक्रम तहसनहस भयो।
रसिद खानले २.२ ओभर बलिङ गर्दै २२ रन खर्चेर १ विकेट लिए।
लुम्बिनीका ब्याट्सम्यानले रन बनाउन संघर्ष गरे। सूर्य तामाङले उनले १४ बलमा ११ रन बनाए, जसमा १ चौका समावेश थियो।
अभिषेष गौतम शून्य रनमा आउट हुँदै अन्तिम विकेट गुमाए।
लुम्बिनीले पछिल्लो ५ ओभरमा मात्र २५ रन बनाउन सकेको थियो। उनीहरूको रन रेट कमजोर हुँदै गएकोले दबाबमा परेर विकेट खसाल्न बाध्य भए।
गुर्खाजले कमजोर स्कोरको रक्षा गर्दै बलिङ र फील्डिङमा उत्कृष्ट प्रदर्शन गरेर खेल जितेको हो।