Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्चा कमाउन मात्रै निर्णय नगर्न ढकालको ध्यानाकर्षण

बुधबार, मंसिर २६, २०८१

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउन मात्रै निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउन मात्रै लगाइएको बताए ।

अध्यक्ष ढकालले फ्री भिसा र फ्री टिकट नेपाललाई मात्रै नभई पाकिस्तान र बांङ्लादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्री टिकट र फ्री भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए । उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।

‘मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ’, उनले भने, ‘त्यसैले रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ पोलिसीको हिसाबले । यो किन भनेको हो भने फ्री टिकट, फ्री भिसा भनेको छ । त्यो फ्री टिकट, फ्री भिसा त हामी नेपालीको मात्रै त होइन नि ! बांङ्लादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रीमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ?’

अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्