काँग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति गठन
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
अहिले काँग्रेसका सबै भ्रातृ संगठन तदर्थ छन् । चैत मसान्तसम्म सबै संगठनको महाधिवेशन गरेर नेतृत्व चुन्न यसअघि नै निर्देशन भइसकेको छ ।
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री जीवन परियार-संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार-सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क.-सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत-संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल-सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला-सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य रमेश रिजाल-संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी.-सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ-सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य एन.पी. साउँद-संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ-सदस्य
३. केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू-सदस्य
नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत-संयोजक
२. केन्द्रीय सदस्य उमेशजंग रायमाझी-सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा-सदस्य
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मधु आचार्य-संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय-सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ-सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य उदयशम्शेर राणा-संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित-सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी-सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल-संयोजक
२. केन्द्रीय सदस्य मुक्ताकुमारी यादव – सदस्य
३. केन्द्रीय सदस्य कान्तिका सैजुवाल-सदस्य