Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

बुधबार, मंसिर २६, २०८१

काठमाडौँ - विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईँविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ ले जनाएको छ । साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।

विद्युतीय कारोबार ऐन विपरीतको कसुरको मुद्दा अदालतसम्म पुगे पनि प्रसाईँमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट जाँच भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्