जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
धनकुटा- जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेका छन् ।
पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो ।
त्यस्तै शुक्रबार माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ ।
कार्यक्रममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायतका नेताहरू उपस्थित रहेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १९:२३
प्रतिक्रिया दिनुहोस्