Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही

बुधबार, मंसिर २६, २०८१

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रूपमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गरे।

मन्त्री शाहीले भने, ‘हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम र दिगो विकासका चुनौती हुन्, यी सबै चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।’

पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

‘सामुदायिक वनमा हामीले प्राप्त गरेको सफलता, जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र योगदान आज अन्य देशहरुका लागि प्रेरणाका स्रोत भएका छन्’, उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्