बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने
काठमाडौँ - नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ योजना ल्याएको छ ।
योजनाअनुसार अब बजाजका मोटरसाइकल नागरिकताका आधारमा ९.९९ प्रतिशत फाइनान्समा खरिद गर्न सकिनेछ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई सरल होस् भनी ग्राहकका लागि उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्न घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायत कागजात चाहिन्थ्यो ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ ०९:१३
प्रतिक्रिया दिनुहोस्