युरोपबाट सिधा नयाँ दिल्ली उत्रिने परराष्ट्रमन्त्री राणा र एस जय शंकर भेट तय, केही नयाँ छ
काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमण सकेर सिधा भारतको नयाँ दिल्ली जाने भएकी छन्।
हाल युरोप भ्रमणमा रहेकी उनी त्यहाँबाट पुष ४ मा सिधै राजधानी नयाँ दिल्ली जाने बताइएको छ।
परराष्ट्रमन्त्री राणा एउटा शैक्षिक सेमिनारमा सहभागी हुन दिल्ली जान लागेको बताइएको छ। त्यहाँ उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने तय भइसकेको छ।
चीनसँगको परियोजना बीआरआई सम्झौतापछि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने प्रयास गरिएको छ।
यसअघि भारत भ्रमणमा गएका बेला राणालाई प्रधानमन्त्री सरहको मान्यता दिइएको थियो। यो अनौपचारिक भेटमा विविध प्रकारका राजनीतिक घटनाक्रमबारे कुराकानी हुन सक्नेछन्।
राणाको भेटले केही अर्थपूर्ण र नयाँ विषय सतहमा आउन सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्