राष्ट्रिय टोलीका पूर्वकप्तानको बिराटनगर किङ्स पनि प्लेअफ पुगेन, पोखरा एभेन्जर्सको मौका छ
काठमाडौं– नेपाल प्रिमियिर लिग (एनपीएल) अन्तर्गत भएको बिहीबारको पहिलो खेलमा बिराटनगर किङ्सलाई पोखरा एभेन्जर्सले सुपर ओभरमा पराजित गरेको छ।
१३९ रनको टार्गेटलाई टाई गर्दै सुपर ओभरमा खेल लग्दै पोखराले प्लेअफमा पुग्ने मौका जीवित राखेको छ भने बिराटनगर किङ्स पुग्ने मौका चुक्यो।
सुपर ओभरमा १८ रनको पारी खेल्दै एभेन्जर्सले बिराटनगरलाई ५ रनमा समेट्यो।
बिराटनगरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३९ रन बनाउँदै ७ विकेट गुमाएको थियो। पोखरा एभेन्जर्सले पनि पनि ६ विकेटको क्षतिमा बराबरी रन बनाएपछि सुपर ओभरमा पुगेको हो, खेल।
पोखरा एभेन्जर्सका लागि रेयमण्ड रीफर हिरो भए। उनले नै सुपर ओभरमा लगेको खेलमा सुपर ओभरमा १८ रन बनाउन दुई छक्का र एक चौकाको योगदान गरे भने उत्कृष्ट बलिङ गरी बिराटनगरलाई ५ रनमा समेटेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १२:४२
प्रतिक्रिया दिनुहोस्