काठमाडौंले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
काठमाडौं - काठमाडौंले नेपाल प्रिमियर लिगमा जनकपर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ बलमा अलआउट हुँदा मात्र १०१ रन बनाउन सक्यो ।
काठमाडौंका जेरार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । नामिबियाका कप्तान समेत रहेका इरास्मसले २२ बलमा २ चौका हिर्काए । कप्तान करण केसील्ो १३ बलमा ३ चौका र १ छक्कासहित १९ रन बनाए । ओपनर स्टेफन इस्किनाजीले १९ बलमा २ चौकासहित १७ रन बनाए ।
यसबोहक ओपनर माइकल लेभिटले ८, भिम सार्कीले ४, सुमित महर्जन डकआउट, रसिद खान७, डन डोउथवेटले १, प्रतिक श्रेष्ठ ६, दीपेश कडेँल डकआउट तथा सहाब आलम ८ रनमा अविजित रहे ।
जनकपुरकोलागि ललितकुमार राजवंशी र शेरमल्लले समान ३ तथा मोहम्मद मोहसिनले दुई विकेट हात पारे । किशोर महतो, अरनिको यादवले एक विकेट लिएका थिए ।
५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा रहेको जनकपुर पाँचौ जित निकाल्दै शीर्ष स्थानमा फर्किने योजनामा छ । चार खेलिसकेको काठमाडौं तेस्रो जित निकाल्ने योजनामा छ । दुबै टोलीको प्लेअफ सम्भावना यथावत छ । लुम्बिनी भने एकखेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
आज नै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले एनपिएलमा दोस्रो जित निकालेको छ ।