चासोक तङ्नाम कसरी मनाउने? यसका विधिहरू यस्ता छन्
सांस्कृतिक विभिन्नता र विविधताले नेपालको एक सुन्दर पारम्परिक र सांस्कृतिक देश बनेको छ। नेपाली संस्कृति विश्व प्रसिद्ध छ, हामी समृध संस्कृतिले प्रभावित छौँ, हाम्रा संस्कृति जसरी भौगोलिक विशेषताले भरिपूर्ण छ त्यसैगरी सांस्कृतिक विविधताले पूर्ण छ।
हामीले मनाउने चाडपर्वमा विभिन्न धर्म, संस्कृति र समुदाय अनुरुप अलगअलग पाँउन सकिन्छ। यहाँ कोहि कसैले परम्पराको उल्लंघन गर्दैनन्, यहाँ आफ्नो–आफ्नो जीवन शैली र सांस्कृतिक धरोहरका साथ सामाजिक सामञ्जस्यता, हार्दिकता, धार्मिक सहिष्णुता साथै संस्कृतिमा विनम्रता पाउछौँ।
हाम्रा रीतिरिवाज, परम्परा, संस्कृतिका प्रकृति अनौठो संगम रहेको छ, जहाँ सांस्कृतिक विविधताले मूल रूपमा समाजमा विभिन्न सांस्कृतिक तत्वलाई एक साथ जोड्ने कार्य गर्दछ। अलगअलग धर्म, अलग स्थान पृष्ठभुमिका परिवार एक समुदाय साथ समुह एवं समुदायमा निवास गर्दछौं।
समाजमा सांस्कृतिक एकता कायम गर्न एक–अर्काका सम्मान गर्न, भाइचाराको भावना बनाइ राख्न साथै हरेक भाषा, धर्म, संस्कृतिका समानता र सम्मानले प्रोत्साहित गर्न, सांस्कृतिक विविधताको समर्थन गर्न, विभिन्न संस्कृतिलाई बुझ्नु, संझनु, समर्थन र संरक्षण प्रदान गर्नु पर्दछ। अतः चाडपर्व, रीतिरिवाज, धर्म , भाषा, संस्कार, संस्कृती, परम्परा, उत्सव एवं महोत्सव– जसमा सामाजिक बन्धन हुँदैन, यहाँ हर कोहि व्यक्ति मनाउन सक्दछ।
यस देशका तमाम जनजातिहरुले पुरातनकाल यानी प्राचीन परम्परादेखि मानिल्याएको आआफ्नो मौलिक चाड चासोक तङ्नाम ( न्वागी पुजा ) गर्दै आएको एक मुख्य पर्वको रुपमा मनाइने गरेको पाइन्छ। किराँत याक्थुङ् लिम्बुहरुले पुरातन कालदेखि नै हरेक वर्ष धुमधामका साथ मनाई आएको चाड “चासोक तङ्नाम“ पाँउन सकिन्छ।
आदिवासी जनजातिहरुका खेतीपातीको थालनी भएपछि लगाएको नयाँ बाली पाकेपछी भित्र्याई सर्वप्रथम आआफ्नो इष्टदेवता र पितृहरुलाई आवहानगरी उनीहरुमा नयाँ पाकेको अन्नहरु अर्पणगरी उनीहरुसँग अनुमति मागेर मात्र नयाँ अन्नहरु खाने आदिवासी जनजातिहरुमा प्रचलन अद्यापि कायम छ। यो चासोक तङ्नाम ( न्वागी पुजा ) चाड मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका आदिवासी जनजातीहरुले मङ्सिर पूर्णेताका सम्पन्न गर्दछन्। यो चाडलाई लिम्बुहरुले ञ चासोक तङ्नाम,झ राईहरुले ञ साकेला / साकेवा, झ याक्खाहरुले ञचासुवा झ र सुनुवारहरुले ञ फोलषादर झ को नामले किराँत चाड मनाउने गर्दछन्।
कसैले भोगबलि र कसैले सात्विक तरिकाले पुरोहितद्वारा यो चाडपुजा सम्पन्न गर्दछन् ।
यही मौलिक चाडलाई भव्यरुपले राष्ट्रिय स्तरमै मनाउने उद्देश्यले चारै किराँत संस्थाहरु किराँत याक्थुङ, किराँत याक्खा छुम्मा, किराँत सुनुवार सेवा समाज र किराँत राई यायोक्खाको संयुक्त प्रयासमा मङ्सिर पूर्णेताका त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म तीनदिन किराँत चाडको उपलक्ष्यमा अधिराज्यव्यापी सार्वजनिक बिदाको घोषणा गरी पाउन तत्कालिन ‘श्री ५’ को सरकारसमक्ष माग प्रस्तुत गरेकोमा मङ्सिर पूर्णीमाका दिन एकदिन मात्र किराँत चाडलाई मान्यता प्रदानगरि सो दिन अधिराज्यभरिका किराँत धर्मावलम्बीहरुलाई सार्वजनिक बिदादिने घोषणा नेपाल राजपत्र भाग ५० अङ्क ५१ मिति २०५८–१२–२६ को राजपत्रमा श्री ५ को सरकारको सूचना प्रकाशित भयो। किराँत आदिवासीका मागलाई आंशिक रूपमा भएपनि सरकार द्वारा मान्यता प्रदान गर्यो।
किराँत आदिवासीका लागि सकारात्मक कदम थियो। उसताका देखि राष्ट्रव्यापी रूपमा किराँतहरुले ‘चासोक तङ्नाम’ (न्वागी पुजा) भव्य रूपमा मनाउदै आइरहेका छन्।
चासोक – थिसोक पूजाको सामग्रीहरु र पूजाविधिः
– नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मूली महिलाले चोखोनितोगरी धान, कोदोको बाला टिपि ल्याउँछन्। धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडिमा भुटी ओखलीमा कुटेर च्युरा बनाइन्छ। कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ। कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाको लागी जाँड साप्तोक बनाइन्छ।
– मालिङ्गो वा निगालो आदिको तल्लोपट्टि भुइँमा गाड्न सजिलो हुनेगरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुङ्ग्रो ५–६ इन्च सम्मको लामो बनाइ त्यसभित्र साप्तोक हाली थिः तङ्बा बनाइन्छ। तङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पिचिङ तङ्बामा हाल्ने र तङ्बालाई केराको पातले छोपी पिचिङले छेकेपछि पूजाको लागि तङ्बा तयार हुन्छ।
– वासो फुङ्वेत् ( चिन्डो ) वा लोहोटा ÷ डवकामा वादुम्पक्वा ( चोखो पानी ) हाली वासाङ्ना वा लाइक्इक्सो ( केराको पातलाई बेरेर बनाइएको पानी छर्कने वस्तु ) तयार गर्नुपर्छ।
– विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धूपीको धूलो धूप, सालधूप, अन्य सुगन्धित धूपहरु, भेटी, च्युरा, अक्षता तयार गर्नुपर्छ।
– ४ देखि ६ इन्च गहिरो जमिन खनेर निक्लेको माटोमा जमिन सम्याउनुपर्छ। सम्याएको जमिनमा पूजागरिने विभिन्न देवीदेवताहरुको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो पात ओछ्याई लामो पूजास्थान बनाइन्छ। लासोथाप्ने तरिका कहीँकहीँ फरकफरक पनि हुन्छ।
– युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लेखित सामग्रीहरुका अतिरिक्त थालमाथि फुङसारी र दीयो जलाई पूजा गर्नुपर्छ। घरभित्र लासो थाप्दा जमिन खनी सम्याउनु पर्दैन।
चासोक थिसोक पूजा कहाँ, कसरी र कसले गर्ने ?
दश लिम्बुवान सत्र थुमका विभिन्न ठाउँमाहरुमा सम्पूर्ण लिम्बुहरुले पूजी ल्याएको देवीदेवताहरु समग्रमा उहीउही नै हुन्। यसमा नामाकरण र पूजा गरिने विधिमा केहि फरक हुनसक्छ। तर मौलिक कुराहरूमा फरक छैन। माथी उल्लेखित
आवश्यक सामग्रीहरुमध्येबाट बाहिर पुजिने देवीदेवताहरी लागि खनी सम्याइएको जमिनमा प्रत्येक देवीदेवताको लागि लासो अगाडि १ ÷ १ जोर तङ्बा ठड्याउनुपर्छ। पुजा सकिएपछि तङ्बाको जाँड पिचिङले लासोमा छर्केर या चढाएर लडाइदिनुपर्छ।
पुजागर्ने विधी, तरिका र मुन्धुम जान्ने जोसुकैले यो पुजा गर्न सक्दछ। धेरैजसो देवारी, माङ्देम्बा, फेदाङ्माहरुद्वारा नै यो पुजा गर्न सम्पन्न गराउँछन्। यो पुजा साझपख सुरु गरिनेछ। पुजा सम्पन्न गरिसकेपछि फेदाङ्माले नयाँ पाकेको अन्नको च्युरा र अक्षताका साथ अन्य चढाउने चीजबीजहरु बलिरहेकोचुल्होमा चढाउँछन्। पुजा सकिनसाथ याबोहरु घरपरिवारका सम्बन्धित सदस्यमा आशिर्वादका साथ फेदाङ्माले फिर्ता दिने काम गर्छ।
त्यसपछि सबैमा प्रसाद वितरण र खानपिन सुरु हुन्छ। पुजाको भोलिपल्ट नजीक रहेका दाजुभाइ, चेलीबेटी र इष्टमित्रहरुलाई समेत बोलाए गच्छेअनुसार आतिथ्य अर्पणगर्ने र छिमेकीहरुको घरघरमा पुजाको प्रसाद वितरण गर्ने संस्कार रहेको छ।
चासोक थोसोक पुजामा पुजिने देवीदेवताहरु
– मिसेक्पाः सम्पन्न गरिन लागेको पुजाकार्य बिघ्नबाधारहित सम्पन्न होस् भन्नका निमित्त सर्वप्रथम मिसेक्पाको पुजा गरिन्छ।
– कुइकुदाप वा ताफेम्बाः गृहस्थी जीवनमा विध्नबाधा नदिइयोस भनी मनाइने शिकारी वनदेवता।
– थुङ्दाङ्बा : अन्नबाली उत्पादनमा मौसम अनुकूल घामपानी मिलाई उब्जनी गराइदिने सूर्यदेवता।
– पहिलोपटक बिउबिजन जोहोगरी आफ्ना माइतीहरुलाई अन्न उत्पादन गरि प्राणधान्न मद्दत गरि सेवा पुर्याउने सिबेरा याक्थुङ्मा नाम गरेकी चेली।
– काप्पोबा हिमसाम्माङ : घरको रक्षागर्ने बुढाबाजे देवता।
– काशीहाङ्मा : युमासाम्माङसँग साथ सहयोगी देवी।
– युमासाम्माङ : तागेरानिङ्वाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी याक्थुङ लिम्बुहरुको सर्वोपरि इष्टदेवी।
– थेबासाम्माङ : तागेरानिङ्वाफुमाङ पितृशक्तिको रुपमा प्रकट भएका याक्थुङ लिम्बुहरुको आराध्य देवता अर्थात् आदि पुरुष अग्रज देवता ( बाजे देवता ) हुन् ।
हाम्रा धर्म, संस्कृतिको मान्यता, मर्यादा, मानवीय कल्याणको निम्ति अनादिकालदेखि नै चलिआएको हुनाले मानवीय एकता, अखण्डता एवं समताभाव रहेको पाइन्छ। सामाजिक जीवनमा हाम्रा रीतिरिवाज, चाडपर्वले एक व्यक्तिगत एवं सामुहिक पहिचानको आकार दिने र सामाजिक स्तरमा रीतिरिवाजले सामाजिक एकता बनाइ राख्न महत्वपूर्ण भूमिका निभाउने गर्छ। साझा अनुभव रूपमा कार्य गर्ने सौहार्दको भावना प्रदान गर्नमा मौलिक भुमिका निभाउनुका साथै जो प्रत्येक संस्कृतिको परिभाषित मूल्य, मान्यता, विश्वास र परम्परा दर्शाउने गर्छ।