Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

बिहीबार, मंसिर २७, २०८१

काठमाडौँ- भिजिबिलिटीको समस्या भोगिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरेको हो ।

विश्वका धेरै देशका विमानस्थलहरूमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू-उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन-अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्