Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं – शिख धर्मको पवित्र ग्रन्थको अपमान गरेको भन्दै अस्ट्रेलियाले एक जना पाकिस्तानी नागरिकलाई देश निकाला गरेको छ ।

शिख धर्मको पवित्र ग्रन्थ गुटखा साहिबको अपमान गरेको भन्दै अस्ट्रेलियाले २१ वर्षीय पाकिस्तानी नागरिक खिजर हयातको भिसा रद्द गरी देश निकाला गरेको हो ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अस्ट्रेलियाको पर्थ शहरमा रहेको क्यानिङ भेल गुरुद्वारा अगाडि उक्त ग्रन्थ भुईँमा फालेर खुट्टाले कुल्चेको, पाना च्यातेको, शौचालयमा फ्याँकेको र जलाएको भिडियो टिकटकमा अपलोड गरेका थिए । उनको यस कार्यविरुद्ध मेलबर्न शहरमा प्रदर्शनसमेत आयोजना गरिएको थियो ।

पछि उनीविरुद्ध अर्माडेल मजिस्ट्रेट अदालतमा मुद्दासमेत चलाइएको थियो । उक्त मुद्दामा दोषी ठहर भएपछि उनको भिसा रद्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्