Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड यसरी सामाजिक अराजकतालाई राजनीतिक मलजल गरिरहेका छन्

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय विशेष समिति गठन गरी रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने मुख्य कारक बनेका तत्कालिन प्रधानमन्त्री हाल प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड भावनात्मक प्रयोगका निम्ति सामाजिक अराजकतालाई मलजल गर्न तम्सिएका छन्।

लामिछाने पक्राउ प्रकरणमा पछिल्ला दिनमा आएका उनका फेसबुकका आधिकारिक पोस्ट र सभाहरूमा गरिरहेका भाषण त्यसका उदाहरण हुन्।

जबकि, केही महिनाअघिसम्म प्रचण्डले रवि लामिछानेको बचाऊ नगरेको बताउँदै आइरहेका थिए। 

न्यायीक हिरासतमा रहेका र छानबिन सकिएर मुद्दा हाल्न लागेको विषयमा प्रचण्डजस्ता अनुभवी र प्रतिपक्षी दलको मुख्य नेताको यस्ता अभिव्यक्तिहरू केबल राजनीतिक नभई कुर्सीमा उक्लिनका लागि शक्ति सञ्चयको मनोगत चिटचिहाट रहेको भन्ने लगभग पुष्टि हुन्छ। 

‘पछिल्लो समय मिस–इन्फरमेसन, डिस–इन्फरेसनहरु सामाजिक सञ्जालमार्फत भ्रम फैलाएर जनतामा निराशाहरु सिर्जना गर्ने, सामाजिक सद्भावहरुलाई खलबल्याउने र राजनीतिक दलका नेता, प्रधानमन्त्रीहरुको चरित्रहत्या गर्ने जस्ता प्रवृत्ति बढेका छन्’, प्रचण्डतिर संकेत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्,‘अझ कतिपय राजनीतिक दलका नेताहरुले नै आफ्नो क्षणिक स्वार्थको लागि यस्ता कुराहरुलाई बढावा दिने र जोडिने प्रवृत्ति देखिएको छ। यस्ता कुराहरु उचिन होइनन्।’

सत्ता गुमाएपछि तिलमिलाएका प्रचण्डले लामिछाने पक्राउ प्रकरणलाई यस्तो हुइयाँ शैलीमा विरोध गरिरहेका छन् कि चितवनको सभामा पुगेर सामाजिक अराजक मच्चाउनेहरूको सहानुभूति लिन खोजे। जबकि त्यहि अराजकताको पराकाष्टले पुरिदिने त्रासदीले उनी निर्वाचन लड्न गोरखा–२ मा बाबुरामलाई फकाएर पुगेका थिए। 

अझ बाहलवाला सभामुखसमेत रहेका आफ्ना पार्टीका हालका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ मात्र गरिएको थिएन पूर्पक्षका लागि थुनामा पठाउँदासम्म चुइँक्क नगरेका प्रचण्ड अहिले रवि लामिछानेलाई हिरासतमा लिँदा मात्रै पनि बुरुक्क गरिरहेका छन्। यसको अर्थ सडकको संवेदनालाई आफू केन्द्रित गर्ने र सामाजिक सञ्जालको अराजकताको झूठो प्रशंशा बटुल्ने प्रचण्डको दाउ हो।

सभामुख रहेका बेला महरालाई पक्राउ गरी हिरासतमा मात्र राखिएन अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो। तीन महिनापछि रोशनी शाही प्रकरणमा महरा निर्दोष साबित भएर डिल्लीबजार कारागारबाट निस्किएका थिए। त्यसबेला प्रचण्ड न माओवादी महराका निम्ति कोही पनि बोल्ने, लेख्ने र सभा गर्नेमा उत्रिएका थिएनन्। 

‘प्रचण्ड कमजोर प्रतिपक्षी बनेका छन्। स्थानीय तहको उपनिर्वाचनमा केही मत आएको देखेपछि उनी अझ बलियो बन्ने ध्याउन्नमा सामाजिक अराजकतामा रुमल्लिएका पार्टीका कार्यकर्ताको ध्यान केन्द्रित गर्न उद्दत देखिएका छन्’, एक जना पूर्वमाओवादी नेता भन्छन्,‘तर प्रचण्डकै भाषामा यो प्रवृत्ति बेलुन फुलेजस्तो मान्नुपर्छ, फुट्ने निश्चित छ।’

गाली राजनीति र संघर्षको राजनीतिमा निक्कै फरक हुने तर्क गर्दै ति नेता भन्छन्,‘हेट स्पिचका हिसाबमा माओवादीको उदय भएको र अहिलेसम्म जिलो जोगिएको होइन। माओवादी युद्ध र संघर्षको डोभ र त्यसको चोट समाजको तल्लो तहसम्म अहिले पनि भएकाले जोगिएको हो, प्रचण्डले फरक छुट्याउन सक्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्